काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता

6.2k Shares

काठमाडौं– भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।  

अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा सुरु भएको दुईदिने प्रतियोगिताको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

सो क्रममा अध्यक्ष प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए । अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताए ।

अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए । उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिएको आयोजकले जनाएको छ । बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार