5.4k
Shares
काठमाण्डाै – रौतहटमा पानी तान्ने मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवानको ज्यान गएको हो ।
दुवै जनालाई आ–आफ्नो खेतमा मोटरमार्फत सिँचाइ गर्ने क्रममा करेन्ट लागेको पाइएको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।