4.3k
Shares
काठमाण्डाै – लमजुङको बेंसीशहरबाट मनाङकाे चामे जोड्ने सडक खुलेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङ पुग्ने एकमात्र सडक बन्द भएको थियो ।
लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ च्याम्चे नजिकै पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध भएकाे थियो । पहिरो पन्छाएपछि दिउँसोदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक खुले पनि जोखिम रहेकोले सावधानीपूवर्क यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।