आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

4.9k Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-६ सिद्विनगर रामहिटी चोक डेरा गरी बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका-६ घर भएकी मिना लामाको कोठामा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डा पिपलबोटस्थित सडकमा बा.प्र.०३-०१-००५ ख ९७८६ नम्बरको बसमा तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

नुवाकोट, ककनी गाउँपालिका-२ नमुन्चेत बस्ने प्रतिक्षा दोङको गोठमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार