काठमाडौं । रोहित शर्माले भारतीय टी-ट्वान्टी क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । उनले न्युजिल्यान्डविरुद्धको सिरिजसँगै कप्तानी गर्ने भएका हुन् ।
भारतले सातादेखि न्युजिल्यान्डसँग टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने छ । उक्त सिरिजका लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
भारतका नियमित कप्तान विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप कप्तानीको जिम्मेवारीबाट हटेपछि रोहितले कप्तानको जिम्मेवारी पाएका हुन् ।
रोहितले कप्तनी गर्ने सिरिजको टिममा विराट परेका छैनन् । सिरिजका लागि भारतीय टोलीमा तीव्र गतिका बलर हर्षल पटेल र वेंकटेश ऐरले स्थान बनाएका छन् ।
दुवै खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतीय टोलीको उप–कप्तानको जिम्मेवारी केएल राहुले पाएका छन् ।
सिरिजका लागि राखिएको भारतीय टोलीमा आवेश खान पनि परेका छन् । भारतले मोहम्द श्वामी, रवीन्द्र जडेजा र तीव्र गतिका बलर जस्प्रित बुमराहलाई पनि टोलीमा राखेको छैन् ।
भारतको न्युजिल्यान्डविरुको टी–ट्वान्टी अन्तर्राष्टिय खेल १७ नोभेम्बरमा जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ । तेस्रो तथा अन्तिम खेल २१ नोभेम्बरमा कोलकतामा हुनेछ ।
भारतको टोली :
रोहित शर्मा, केएल राहुल (उपकप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ऋतुराज गायकवाड, श्रेयस ऐर, ईशान किशन (विकेटकिपर), रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल, मोहम्मद शिराज, वेंकटेश ऐर र युजभेन्द्र चहल ।