युक्रेनका राष्ट्रपति जेलेन्स्की ‘तानाशाह’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

6.7k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ‘तानाशाह’ रहेको टिप्पणी गर्नुभएको छ । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी उपद्रो मच्चाएको टिप्पणीसहित ट्रम्पले जेलन्स्कीले चुनाव गर्न इन्कार गरेको आरोपसमेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि युक्रेनमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो । यसअघि जेलेन्स्कीले साउदी अरबमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पलाई रुसको गलत सूचनाबाट घेराबन्दीमा परेको आरोप लगाउनुभएको थियो ।

अमेरिका–रुसबीचको वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन । युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताविनाको वार्तालाई मान्यता नदिने बताएका छन् । फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्कलगायतका युरोपेली देशहरू युक्रेनको पक्षमा एकजुट भएका छन् ।

सम्बन्धित समाचार