8.7k
Shares
काठमाण्डौ। सामान्य भाषामा भन्दा जमिन नलुक्ने र पानी नसुक्ने रसिलो जमिन भएको क्षेत्रलाई सिमसार भनिन्छ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना लगायत सिमसार क्षेत्रअन्तर्गत पर्छन् । अहिले धानखेतलाई पनि सिमसारको परिभाषामा राखिएको सिमसार विज्ञ टोप खत्री बताउनुहुन्छ ।
यो प्रकृतिको एउटा विशेष उपहार हो । सिमसारमा विभिन्न प्रकारका जलचर, चराचुरुङ्गी र वनस्पतीहरूको बसोबास हुन्छ । सिमसार प्राकृतिक र कृत्रिम दुबै रुपले उत्पत्ति भएको हुन्छ । तर विशेष महत्व प्राकृतिक रुपमा उत्पत्ति भएका सिमसारको हुन्छ ।
मानव सभ्यता विकासको एउटा महत्वपूर्ण अङ्गका रुपमा सिमसार क्षेत्रलाई लिइन्छ । मानिसको बसोबास सिमसार रहेका ठाउँहरूबाट शुरु भएको पाइन्छ ।