गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।”
तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमि र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि र कास्कीमा ६.०७ किमि सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिनुभयो । तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उहाँले बताउनुभयो ।