२० वर्षीय किशोरीले वाग्मतीमा हाम फालिन्, खोजी कार्य जारी

15k Shares

काठमाडौं । एक किशोरीले वाग्मती पुलबाट हाम फालेकी छन् । आइतबार साँझ ललितपुरको च्यासलमा पर्ने दोबान खोलाको पुलबाट रुकुमकझ मुसिकोटकी २० वर्षीय अन्जली शर्माले हाम फालेको प्रहरीले जनाएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हाल ललितपुरको बालकुमारीमा कोठा लिएर बस्दै आएको खुलेको छ । प्रहरीले उनको नाम, ठेगाना पुलमुनि भेटिएको नोटबाट पत्ता लगाएको हो । प्रहीले नोटसहित झोला र मोबाइल पनि फेला पारेको छ ।

सम्बन्धित समाचार