१९ खर्ब हाराहारीको बजेट आउँदै

12.8k Shares

काठमाडौं-उत्पादन र रोजगारी वृद्धिलाई प्राथमिकता दिँदै सरकारले आज आगामी आर्थिक वर्षका लागि १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ। अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय स‌ंसद्को संयुक्त बैठकमा बजेट पेश गर्न लागेका हुन् । 

यसअघि १८ खर्बको सिलिङ दिइए पनि राष्ट्रिय स्रोत अनुमान समितिले हिजो बजेट सिलिङ संशोधन गरेको हो । सत्तारुढ दलको दबाबमा वितरणमुखी कार्यक्रम थपिएपछि बजेटको आकार बढाइएको हो । 

१६औं योजनाले लिएका उत्पादन र रोजगारी वृद्धिको लक्ष्यमा केन्द्रित रहने गरी बजेट ल्याउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । यसपटकको बजेटमा सरकारले नीति तथा कार्यक्रमअनुसार नै स्टार्टअपहरुका लागि बीउ पुँजी तथा नवउद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिनेछ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई जोड दिनेछ भने निर्माण तथा औद्योगिक क्षेत्रलाई सम्बोधन गर्ने किसिमको कार्यक्रम बजेटमा समेट्ने जनाइएको छ । 

बजेटमा सरकारले ऊर्जा क्षेत्रलाई पनि प्राथमिकता दिने भएको छ । विभिन्न कारणले लामो समयदेखि रोकिएका विद्युत् प्रसारण लाइन र सबस्टेसन निर्माणको कामलाई छिटो सक्ने नीति बजेटले लिने जनाइएको छ ।

सम्बन्धित समाचार