कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

14.1k Shares

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

कोशी प्रदेशसभापछि सञ्चारकर्मीसंग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए ।

बैठकमा मुख्यमन्त्रीले संविधान अनुसार नै अघि बढ्ने बताएकाले ३० भित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अवको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्गप्रसस्त गर्न थप दवाव दिने बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार