18.2k
Shares
काठमाडौँ । बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पोष्टमार्टम गर्न थालिएको छ। लमही अस्पतालमा १२ शव राखिएको छ।आफन्तहरु अस्पताल पुग्ने क्रम सुरु भएको छ। राप्ती गाउँपालिका–१ भालुबांग पुल्चोकमा गएराती यात्रु बस दुर्घटना हुदा बसमा सवार १२ जनाको मृत्यु भएको छ भने २३ जना घाईते छन्।
मृतकको शव लमही अस्पतालमा राखिएको र शव गृह साँघुरो भएपछी बाहिर टेन्ट टाँगेर शवको पोष्टमार्टम थालिएको लमही अस्पतालका डा.दिपक आचार्यले बताए ।‘ठाउँ अभाव भयो। शव गृह सानो छ।बाहिर खुल्ला ठाउँमा टेन्ट टाँगेर पोष्टमार्टम थालेका छौं’आचार्यले भने,‘राजमार्ग क्षेत्र हो। यहाँ अस्पतालमा शव गृह व्यवस्थीत चाहिने देखिन्छ।