कुवेतका अमिर शेख नवाफको निधन

16.6k Shares

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । कुवेतको आधिकारिक न्युज च्यानलमा यो जानकारी दिइएको बीबीसीले जनाएको छ ।

यसअघि, टीभीमा प्रशारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको थियो । कुवेतमा यस्तो सामान्यतया तब मात्र हुन्छ, जब शाही परिवारको कोही व्यक्तिको निधन हुन्छ ।

सन् २०२० सेप्टेम्बरमा उनले कुवेतको अमिरको पद ग्रहण गरेका थिए ।

सम्बन्धित समाचार