15.3k
Shares
जुम्ला, १७ कात्तिक । चन्दननाथ नगरपालिका-७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका-७ बस्ने २० वर्षीय लक्ष्मण बम, १८ वर्षीय किशोर र सोही नगरपालिका-१० बस्ने ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।