कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा

16.5k Shares

सुर्खेत, २५ असाेज । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।  

बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । 


 असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३० लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।  
 

सम्बन्धित समाचार