15.1k
Shares
दोलखा, २४ साउन । दोलखामा पहिरो जाँदा पुरिएर बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको छ ।
माछा मार्न जाने क्रममा बाटोमा खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार उनी माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गरेका थिए । उनीसँगै गएका अरु तीन जनाले भने भागेर ज्यान बचाएका छन् ।