काठमाडौं । देशको स्वार्थभन्दा नेताहरु आफ्नै स्वार्थमा बढी केन्द्रित हुन्छन् भन्ने प्रचण्डको भारत भ्रमण अघि र पछिका घटनाले पुष्टि गरेको छ । विगतमा आफू भारत जाँदा जुन सम्मान पाएका थिए केपी शर्मा ओलीले त्यही सम्मान प्रचण्डले पाए । तर, उनले त्यो बिर्सिएर आलोचना गरे । मोदीसँग निकै हारगुहार गरेर सम्झौताहरु गर्न खोजे तर सकेनन् । यसपटक प्रचण्डले कतिपय विषयमा ब्रेक थ्रु नै गरिदिए । जसका कारण ओली लज्जा छोप्न गालीमा उत्रिएका छन् । विद्युत व्यापारमा नयाँ सम्झौता भयो । भारतले १० वर्षमा १० हजार विद्युत खरिद गर्ने भएको छ । अर्कोतर्फ, बँगलादेशलाई विजुली बेच्न मिल्ने गरी वातावरण तयार भएको छ ।
प्रचण्डले कूटनीतिक चार्तुयता देखाएर भारतलाई मनाएर सम्झौता गरेपछि नेकपा एमाले सिंगो पार्टी खनिएको छ । प्रचण्डको भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् ओलीले । संसदमा जे जसरी बोले त्यसमा तथ्यभन्दा पूर्वाग्रह भरिएको थियो । प्रचण्डमाथि कम्फर्टेबल बनेको आरोप लगाए । विगतमा प्रचण्डले नै कम्फर्टेबल सरकारको भाष्य स्थापित गरेका थिए । ओलीले त्यहीं वाणी फर्काएर आलोचना गरे । भारतबाट १५ वटा राँगाबाहेक केही ल्याउन नसकेको टिप्पणी गरे । तर, उन्नत जातको राँगा ल्याउन सक्नु पनि सफलता नै हो कृषि क्षेत्रमा । ओलीले यो विषयलाई हल्का रुपमा बोले । कृषी क्षेत्रमाथि नै अपमान गरे उनले ।
भारतले मुरलमा राखेको अखण्ड भारतको विषयमा प्रचण्डले भ्रमणमा कुरा नउठाएको ओलीको आरोप थियो । भारतले आफूले लिनुपर्ने लिएको तर नेपालले मात्र १५ वटा राँगा पाएको टिप्पणी गरे । तर, मुरलमा राखेको चित्र सांस्कृतिक हो भनी भारतले बोलिसकेको छ । वास्तवमा भारतले संसद भनवमा राखेको मुरलको भारत भारतवर्ष हो । त्यो अहिलेको भारत देश बन्नुभन्दा पनि अघिको हो । भारत त १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि न बनेको हो । त्यसअघि भारतवर्ष अहिलेको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बँगलादेश, श्रीलंका, इन्डोनेशियासम्मलाई भनिन्थ्यो । इतिहासको कुनै कालखण्डको क्षेत्रलाई भारतले राख्दैमा आत्तिनुपर्दैन । यो मात्र दिग्भ्रमित पार्ने राजनीति सिवाय केही होइन । कसैले लुम्बिनी र कपिलवस्तु मेरो भूभाग हो भन्छ भने त्यो आफै लज्जित हुनेछ । विश्वले लुम्बिनी र कपिलवस्तु नेपालमा पर्छ भन्ने थाहापाइसकेको छ । यसमा फेरि दोहोराएर बोल्नुपर्ने आवश्यकता नै छैन ।
प्रचण्डमाथि सीमाका विषय उठाउन नसकेको आरोप पनि लाग्यो । प्रचण्डले सीमा समस्या समाधान नगरी नेपाल भारत सम्बन्ध सहज नहुने स्पष्ट पारे सोमवार संसदमा भारत भ्रमणका दौरान आफूले सीमा समस्या समाधानमा महत्वपूर्ण कुरा राखेको समेत बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सीमा समस्या समाधानका लागि गम्भीर पाएको प्रचण्डको भनाई छ । भारत भ्रमणका बेला मोदीले सीमा समस्या समाधान गर्नुपर्छ भनेर अभिव्यक्ति नै दिएको बताए ।
प्रचण्डलाई सीमाको मुद्यामा विवादमा ल्याउन निकै प्रयास भयो । भूमि सट्टापट्टा गर्न खोजेको आरोप पनि लगाए । बँगलादेश जाने बाटोसँग कालापानीलगायतको भूभाग साट्ने प्रस्ताव भारत सरकारलाई नराखेको बताए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्नेमा प्रष्ट भएको बताए । प्रचण्डले भने, हामीले भनेका छौं कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरामा म प्रष्ट छु । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्शा २०६७ मा जारी गरेको थियो । यी भूभाग भारतलाई दिएर नेपालले बँगलादेश जाने बाटो लिनुपर्ने तर्क बुद्धिजीवीहरुले गर्दै आएका छन् । यसतर्फ पनि नेतृत्वकर्ताहरुले ध्यान दिएर लाग्नुपर्ने अवस्था आइसकेको छ । समयमै सम्बन्धित निकाय र नेतृत्वकर्ताको ध्यान जाओस् ।