एक हजार रुपैयाँले घट्यो सुनकाे भाउ

17.5k Shares

काठमाडौं, १४ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । यसअघि सोमबार २०० घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजाररुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। म‌ंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार